काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महेन्द्रनगरमा डिशहोम फाइबरनेटको शोरुम

14.22K
shares

डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न बागफाटा, महेन्द्रनगरमा डिशहोम फाइबरनेट शोरुमको उद्घाटन गरिएको छ । सो शोरुमको सञ्चालन जेनिशा मोबाइल एण्ड इलेक्ट्रोनिक सेन्टरले गर्ने कम्पनीले जनाएको छ ।

शोरुम उद्घाटन डिशहोमका निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल, सर्भिस सेन्टर सुपर भाइजर ज्योति फार्सवान, रि-एलाइमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदीश भट्टको उपस्थितिमा सम्पन्न भएको थियो । विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्‍याउँदै आएको जेनिशा मोबायल एण्ड इलेक्ट्रोनिक सेन्टरले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरुममार्फत दिने कम्पनीले जनाएकाे छ ।

४०० सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको जेनिशा मोबाइल एन्ड इलेक्ट्रोनिक सेन्टरले अब अझ बढी ग्राहकहरूमाझ पुग्नका लागि पनि यस नयाँ शोरुमले मद्दत गर्ने जेनिशा मोबाइल एण्ड इलेक्ट्रोनिक सेन्टरका सञ्चालक हजारी चन्दले बताए ।