काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर

8.93K
shares

आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले उकालो लागेको हो । यससँगै, आज छापावाल सुन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे छ । तेजाबी सुनको काराेबार मूल्य ९८ हजार २०० रुपैयाँ ताेकिएकाे महासंघले जनाएकाे छ ।

हिजो आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार १०० रुपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य भने स्थिर छ । हिजो तोलामा १२ सय ८५ रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।