गृहपृष्ठ एनसीसी बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
एनसीसी बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैकले चौतारा शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम चौतारा सागाचोकगढी ७, सानो सिरुवारीस्थित सिद्धिगणेश माध्यमिक विद्यालय परिसरमा सम्पन्न भएको थियाे ।
कार्यक्रममा बचतको महत्व, बचत गरेको रकम बैकमा खाता खोली जम्मा गर्नु, ऋण लिने कारणहरु, साना ठूला जुनसुकै प्रकारको व्यवसाय गर्न बैकबाट सहुलियत ब्याजदरमा कर्जा लिने, बिमा, पारिवारिक बजेटको महत्वका विषयमा जानकारी दिइएकाे थियाे । यसका साथै वित्तीय साक्षरतामा नेपाल राष्ट्र बैकको योगदानका साथै धितोपत्र, सम्पत्ति शुद्धीकरण र विद्युतीय कारोबारसम्बन्धी जानकारीका सम्बन्धमा नेपाल राष्ट्र बैकका भुपू कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले प्रस्तुति दिएका थिए ।
एक सय जनाभन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा महिलाहरु उल्लेख्य सहभागी थिए । सहभागीहरुले वित्तीय साक्षरतासम्बन्धी बचत, ऋण, बिमा, सेयरलगायत कुरामा जानकारी पाएकामा खुशी व्यक्त गरेका थिए । सन इन्फोटेक एण्ड सोलुसन्सको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रम संस्थाका प्रबन्ध निर्देशक टेकनाथ पोखरेलले सञ्चाचालन गरेका थिए ।
एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३९ शाखा, १४ एक्स्टेन्सन काउन्टर र ११४ एटीएम बुथ सञ्चालन गरीे ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय : १६:५१ बजे



















