गृहपृष्ठ बजेट अधिवेशन बोलाउन सिफारिस
बजेट अधिवेशन बोलाउन सिफारिस
सरकारले बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सरकारले आगामी जेठ ३ गते ४ बजेका लागि संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को आइतबारको बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले जेठ १५ गते ल्याउने बजेटमाथि छलफल गर्न संसद बैठकको आह्वानका लागि सिफारिस गरेको हो । सरकारले जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रकाशित समय : २१:१० बजे

















