गृहपृष्ठ अर्बन फुडले खाेल्याे पहिलो रिटेल आउटलेट, मे १३ सम्म २५ प्रतिशतसम्म छुट

अर्बन फुडले खाेल्याे पहिलो रिटेल आउटलेट, मे १३ सम्म २५ प्रतिशतसम्म छुट

अर्बन फुडले खाेल्याे पहिलो रिटेल आउटलेट, मे १३ सम्म २५ प्रतिशतसम्म छुट

अर्बन फूडले थापाथलीस्थित ब्लू स्टार कम्प्लेक्समा रिटेल आउटलेट ‘अर्बन मार्ट’ सुरु गरेको छ । सन् २०१२ देखि सुरु भएको कम्पनीले पहिलो रिटेल आउटलेट खोलेको हो ।

अर्बन फुड काठमाडौंमा रहेको एक मासु प्रशोधन गर्ने कम्पनी हो । यसले ग्राहकहरुलाई ससेज, सलामी, बेकन, ह्याम, मःम, कोल्ड  कट्स, मीट पार्टस, क्यान्ड फुड, कफी बिन्सलगायत उत्पादनहरु उपलब्ध गराउँदै आएको छ । ती उत्पादन भाटभटेनी, बिग मार्ट, सेल्सबेरी र नेपालभरका अन्य डिपार्टमेन्ट स्टोरहरु जस्ता प्रमुख खुद्रा विक्रेता पसलहरुमा सहज रुपमा उपलब्ध रहेको अर्बन फुडले जनाएको छ ।

अर्बन फुडका प्रमुख कार्यकारी अधिकृत आयुष राजभण्डारीले पहिलो आउटलेट उद्घाटनको दिन प्रशोधित उत्पादनहरुमा ३० प्रतिशत छुट दिएको जानकारी दिए । राजभण्डारीले १३ मेसम्म २५ प्रतिशतसम्म छुट रहेको बताए । नयाँ अर्बन मार्टमा पर्याप्त पार्किङ सुविधा भएकाले वाक-इन ग्राहकहरुका साथै अनलाइन बिक्रेता, होटल र रेष्टुरेन्टहरुलाई पनि सहज हुने जनाइएको छ ।

प्रकाशित समय : २०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु