गृहपृष्ठ कांग्रेस र माओवादीले देश र जनतालाई पिरोले : ओली (अपिलकाे पूर्णपाठ)
कांग्रेस र माओवादीले देश र जनतालाई पिरोले : ओली (अपिलकाे पूर्णपाठ)
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि मतदातालाई सार्वजनिक अपिल जारी गरेका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले ११ पृष्ठकाे अपिल सार्वजनिक गरेका हुन् ।
अपिलमा उनले सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले देश र जनतालाई पिरोलेको आरोप लगाएका छन् । उनले भनेका छन्, 'हामी आर्थिक वृद्धिका प्रमुख संवाहक क्षेत्रहरूमा सरकारी, सहकारी र निजी क्षेत्रको लगानी केन्द्रित गर्दछौं । यी क्षेत्रमा सरकारी, सहकारी र निजी क्षेत्रलाई प्रमुखताका साथ लगानी बढाउन अनुकूल वातावरण बनाउँदछौं । तीनखम्बे नीतिका आधारमा राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, गतिशील र प्रतिस्पर्धी बनाउनेछौं । आन्तरिक र बाह्य लगानी प्रवर्द्धनमा जोड दिन निजी क्षेत्रको विकासलाई प्राथमिकता दिनेछौं ।
अध्यक्ष ओलीले निजी क्षेत्रका समस्या समाधान गर्ने प्रतिवद्धता पनि जनाएका छन् । 'निजी क्षेत्रका अवसरहरूलाई साकार पार्न मार्गप्रशस्त गर्नेछौं । तपाईंहरूको अभिभावक हुनेछौं । हामी नेकां र माकेले जस्तो देश र जनतालाई पिरोल्दैनौं, विश्वासघात गर्दैनौं,' उनले भने । ओलीले आफ्नो अपिलमा नेपाली कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गरेको टिप्पणी गरेका छन् ।
पूर्णपाठ :
प्रकाशित समय : २०:३७ बजे

















