गृहपृष्ठ च्याम्पियन्स लिगमा बार्सिलोनाको स्थान सुरक्षित

च्याम्पियन्स लिगमा बार्सिलोनाको स्थान सुरक्षित

च्याम्पियन्स लिगमा बार्सिलोनाको स्थान सुरक्षित

आगामी सिजनको च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले आफ्नाे स्थान सुरक्षित गरेको छ । ला लिगाअन्तर्गत शनिबार राति रियल बेटिसलाई २-१ ले पराजित गरेपछि बार्सिलोनाले लिगमा आफ्नो शीर्ष चारको स्थान पक्का गर्दै च्याम्पियन्स लिगमा स्थान बनाएको हो ।

अन्सु फाती र जोर्डी अल्बाले एक/एक गोल गरेपछि बार्सिलाेनाकाे जित सम्भव भयाे । बेटिसका लागि मार्क बार्ट्राले गोल फर्काएका थिए । जितसँगै ३५ खेल खेलेकाे बार्सिलोना ६९ अंकसहित तालिकाकाे दोस्रो स्थानमा रहेको छ । ५८ अंक जोडेकाे बेटिस पाँचौं स्थानमा छ ।

प्रकाशित समय : १३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु