global ime bank Long Banner Ad

गृहपृष्ठ ज्योति लाइफको ब्राण्ड एम्बेस्डरमा राजेश हमाललाई निरन्तरता

ज्योति लाइफको ब्राण्ड एम्बेस्डरमा राजेश हमाललाई निरन्तरता

ज्योति लाइफको ब्राण्ड एम्बेस्डरमा राजेश हमाललाई निरन्तरता

ज्योति लाइफको ब्राण्ड एम्बेस्डरको रुपमा कम्पनीले नायक राजेश हमाललाई नै निरन्तरता दिएको छ ।  कम्पनीको स्थापना कालदेखि नै हमाल ज्योति लाइफको ब्राण्ड एम्बेसडर रहँदै आएकामा दुई पक्षबीच बिहीबार पुन: सम्झौता नवीकरण गरिएको हो ।

सम्झौतापत्रमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री साथै हमालले हस्ताक्षर गरे ।  सम्झौताअनुसार ब्राण्ड एम्बेसडर हमालले ज्योति लाइफका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रवर्द्धन तथा ब्राण्ड संरक्षणसम्बन्धी कार्यहरुमा निरन्तरता दिनेछन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हमालसँगको  सहकार्यले ज्योति लाइफको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास लिए । हमालले पनि ज्योति लाइफको ब्राण्ड एम्बेस्डरमा निरन्तरता दिन पाउँदा खुसी लागेको र कम्पनीको प्रगतिमा राम्रो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित समय : २२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु