काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

रामचन्द्रलाई भेटेका जगन्नाथले ‘चुनाव प्रचारमा जानुछ’ भन्दै देउवातिर नहेरी निस्किए

8.62K
shares

चितवनमा आज शिर्ष नेताहरुको लाइन छ । सत्ता गठबन्धनमा आवद्ध दलका शिर्ष नेता चितवनको भरतपुरमा छन् । गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुलाई भोट माग्न र आजै आयोजित चुनावी सभालाई सम्बोधन गर्नका लागि नेताहरु चितवन पुगेका हुन् ।

चुनावीसभालाई सम्बोधन गर्न भरतपुर पुगेका कांग्रेस वरिष्ठ नेता एवं गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलले भरतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसित एकाबिहानै भेट गरे । मुल उद्देश्य पौडेलको उम्मेदवारी फिर्ताको पहलकदमी लिनु थियो ।

भरतपुरको होटल सिराँगचुलीमा वरिष्ठ नेता पौडेलले र बागी उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मीना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठबीच भेटवार्ता भएको थियो । भेटमा वरिष्ठ नेताल पौडेलले संविधान सिध्याउने षड्यन्त्र भइरहेको र स्थानीय तहसम्मै षड्यन्त्रको डिजाइन भइरहेकोले गठबन्धनलाई सहयोग गर्न आग्रह गरेका थिए । तर जगन्नाथ आफ्नो अडानबाट पछि हट्न मानेनन् । लगत्तै उनी बाहिरिए ।

प्रधानमन्त्री तथा कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवा पनि चितवनमै रहेकाले नेताहरुले जगन्नाथलाई भेटका लागि अनुरोध गरेका थिए । तर उनी 'चुनाव प्रचारमा जानु छ' भन्दै देउवाको अनुहारसमेत नहेरी निस्किए ।