आईजीपी नियुक्तिविरुद्ध एआईजी पोखरेलले हालेको मुद्दाको सुनुवाइ आज पनि निरन्तर
वि.सं.२०७९ वैशाख २२ बिहीवार १६:५०
shares

नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति सम्बन्धी विवादमा बिहीबार पनि निरन्तर सुनुवाइ हुने भएको छ । आईजीपी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटलाई सुष्मलता माथेमाको एकल इजलासले बुधबार हेर्दाहेर्दैमा राखेको थियो ।
धिरजप्रताप सिंहलाई प्रहरीको आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
आफु पहिलो वरियतामा हुँदाहुँदै तेस्रो वरियतामा रहेका सिंहलाई सरकारले आईजीपी नियुक्त गरेको भन्दै पोखरेल सर्वाेच्च गएका हुन् ।
























