गृहपृष्ठ महालक्ष्मी विकास बैंकको बिर्तामोड शाखा स्थानान्तरित
महालक्ष्मी विकास बैंकको बिर्तामोड शाखा स्थानान्तरित
महालक्ष्मी विकास बैंकको बिर्तामोड शाखा हाल रहेको स्थान मुक्तिचोकबाट करिब २०० मिटर दक्षिण भद्रपुर रोडमा स्थानान्तरण भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र झापा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले उक्त शाखाको उद्घाटन गरेका छन् ।
साे अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकले गर्दै आएको विभिन्न गतिविधिहरु बारेमा जानकारी गराए । शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने शाखाका प्रबन्धक भरत प्रसाद खतिवडाले प्रतिबद्धता जनाए ।
प्रकाशित समय : २३:२५ बजे



















