गृहपृष्ठ डिशहोमका यी ग्राहकले जिते १ लाख
डिशहोमका यी ग्राहकले जिते १ लाख
डिशहोमको लक्की ड्र योजनामा एक ग्राहकले नगद एक लाख रुपैयाँ जितेका छन् । कम्पनीले १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डीटीएचको सेवा उपभोग गर्न पाउने योजना ल्याएको थियो ।
यसका साथै हरेक हप्ता लक्की ड्रमार्फत एक जनाले एक लाख जित्ने योजना पनि रहेको छ । यसै योजनाअन्तर्गत वैशाख १९ गते गरिएको लक्की ड्रमा क्यास आइडी ०२५६४०३३७७५ भएका ग्राहकले एक लाख जित्न सफल भएको कम्पनीले जनाएको छ । डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाइकहाँ गएर डिशहोमको फण्ड ट्रान्स्फरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ ।
यस लक्की ड्रको प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने गर्दछ ।
प्रकाशित समय : २३:०७ बजे



















