गृहपृष्ठ देश विकासका लागि एमालेले जित्न जरुरी छ : अध्यक्ष ओली

देश विकासका लागि एमालेले जित्न जरुरी छ : अध्यक्ष ओली

देश विकासका लागि एमालेले जित्न जरुरी छ : अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको बताएका छन् ।

गृहजिल्ला झापाको मेचीनगरमा आज अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेकपा एमालेको पक्षमा जनलहर आएको जिकिर गरे । उनले मंगलबार बिहान काठमाडौँबाट झापा आएका हुन् । झापाको भद्रपुर र हल्दिबारीको आमसभामा सहभागी बनेर उनी अपराह्न मेचीनगरको धुलाबारी आएका हुन् । मेचीनगर मुलुकको प्रवेशद्वार भएको हुँदा तीव्र विकासका लागि एमालेका उम्मेदवारलाई जिताउन उनले मेचीनगरवासीलाई आह्वान गरे ।

उनले हल्दिबारी गाउँपालिका-१, गोलधाप र भद्रपुर नगरपालिका-३ को ज्ञानचोकमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए ।

प्रकाशित समय : ००:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु