गृहपृष्ठ सिटी एक्सप्रेस मनि ट्रान्सफर र नेपाल एसबीआई बैंकबीच रेमिट्यान्स सम्झौता
सिटी एक्सप्रेस मनि ट्रान्सफर र नेपाल एसबीआई बैंकबीच रेमिट्यान्स सम्झौता
सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एसबीआई बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ । सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबीआई बैंकका तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलमले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकको रेमिट्यान्स सिस्टमबाट आउने रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका १५ हजारभन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत भुक्तानी हुने साथै सिटी एक्सप्रेसमार्फत आएको रेमिट्यान्स बैंकको सम्पूर्ण शाखाबाट भुक्तानी गर्ने सम्झौता भएको छ । सम्झौतामार्फत सम्पूर्ण देश तथा विदेशमा रहेका ग्राहकले सहज र सुलभ तरिकाले रेमिटयान्स कारोबार गर्न सकिने बताइएको छ ।
प्रकाशित समय : १८:५० बजे



















