गृहपृष्ठ मंगलम पाइप्सद्वारा कर्मचारीलाई हाैसलास्वरुप मायाको चिनो प्रदान
मंगलम पाइप्सद्वारा कर्मचारीलाई हाैसलास्वरुप मायाको चिनो प्रदान
मंगलम पाइप्सले उद्योग स्थापनाको शुरुवाती चरणदेखि नै कार्यरत कर्मचारीहरुलाई मायाको चिनो र प्रशंसा-पत्र वितरण गरेको छ । सीपीभीसी पाइप्स र फिटिङ उत्पादक तथा नेपालको पोलिमर पाइपिङ प्रणालीको उत्पादक र नियार्तकर्ता मंगलम इण्डस्ट्रिज प्रालिले आर्थिक वर्ष २०७७/७८ को अन्त्यसँगै भैरहवा स्थित कारखानामा सेल्स रिभ्यु कार्यकम आयोजना गरेको थियो ।
सोही अवसरमा मंगलम पाइप्सले आफ्ना कर्मचारीलाई मायाको चिनो तथा प्रशंसा पत्र प्रदान गरेको हो । उद्योगका प्रबन्ध निर्देशक अभिनव चुरिवालले कर्मचारीहरुलाई प्रत्यक्ष रुपमा भेटेर अन्तर्क्रिया गर्नुको साथै प्रगतिको लागि हौसला पनि प्रदान गरेका थिए । सो अवसरमा प्रबन्धक निर्देशक चुरिवालले भने, ‘हाम्रो सुरुवाती दिनहरुदेखि नै हामीसँग जोडिएर, सुख-दु:खमा पनि सँगै रहेर यो स्थानसम्म हामी आइपुगेका छौँ, यो सबै यहाँहरुकै टेवा हो । एक जनाको मात्र प्रयास र मेहनतले यो कदापि सम्भव थिएन । आज यहाँहरुसँग बसेर अन्तर्क्रिया गर्दा निकै खुशी मिलेको छ । मंगलम ग्रुपलाई यो उचाईसम्म पुर्याउनुभएकोमा आभार प्रकट गर्दछु र आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु ।’
आफ्ना कर्मचारीहरुलाई उनीहरुको समय र परिश्रमको लागि धन्यवाद दिन तथा भविष्यमा अझै उत्पादकत्व बढाउन र कर्मचारीहरुलाई हौसला दिनको लागि पनि यस्ता कार्यक्रमहरु समय समयमा आयोजना गरिरहने उद्योगका व्यवस्थापक भाइस तथा प्रेसिडेन्ट प्रदिप शुक्लाले जनाए ।
प्रकाशित समय : १८:०० बजे



















