global ime bank Long Banner Ad

गृहपृष्ठ करिब एक किलो सुनका गरगहनासहित एक पक्राउ

करिब एक किलो सुनका गरगहनासहित एक पक्राउ

करिब एक किलो सुनका गरगहनासहित एक पक्राउ

बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरा गाउँपालिका-२ एलगाउँस्थित सुवेदी चोकबाट बहुमूल्य सुनसहित बझाङ जयपृथ्वी नगपारपालिका-१ पिमी कैलाश बस्ने २८ वर्षीय अशोकबहादुर सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुराबट खटेको संयुक्त प्रहरी टोलीले शंकास्पदरूपमा हिँडिरहको अवस्थामा सिहंलाई नियन्त्रणमा लिएको थियो । प्रहरीलाई देख्नेबित्तिकै भाग्न खोज्दा प्रहरीले पिछा गरेर उनलाई पक्राउ गरेको थियो ।

सिंहले बोकेको कालो रङको झोलाभित्र खानतलासी गर्दा सुनबाट निर्मित विभिन्न गहना बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हार, मंगलसूत्र, बाला, दाना, झुम्की, रामलीला, झाला, ब्रासलेट, कानपासा, औठी, टप, फुली, टुक्राहरू पत्थर र मालासहित विभिन्न प्रकारका गहना तौल गर्दा ८०२ ग्राम ७३ मिलीग्रामका सुनका गहना बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको गहनाको अन्दाजी मूल्य ६२ लाख बराबरको रहेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट सिंहले यही वैशाख ४ गते भारतको बैंगलौरस्थित सुन पसलबाट चोरी गरेको बुझिएको छ । यसका लागि भारतीय प्रहरीसँग समन्वय गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार अनुसन्धानमा प्रभाव पर्ने भएको र अन्य संलग्न व्यक्ति पक्राउ नपरेको हुँदा मालसामान धनीहरूको नाम गोप्य राखेको जनाएको छ ।

प्रकाशित समय : १६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु