nmb bank

गृहपृष्ठ २ अर्बको नागरिक बचतपत्र आवेदन खुल्यो

२ अर्बको नागरिक बचतपत्र आवेदन खुल्यो

२ अर्बको नागरिक बचतपत्र आवेदन खुल्यो

राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्रका लागि आवेदन खुला गरेको छ । आइतबार (वैशाख १८) देखि खुला भएको बचतपत्रमा २२ गतेसम्म आवेदन दिन पाइन्छ । चार वर्ष परिपक्वको अवधि रहेको उक्त बचतपत्रमा ११ प्रतिशत ब्याजदर पाइने छ ।

यो ब्याजदर राष्ट्र बैंकले यसअघि विक्री गरेको नागरिक बचतपत्र २०८३ (क) भन्दा एक प्रतिशतले बढी हो । हाल वाणिज्य बैंकहरुले निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर दिइरहेका छन् । अघिल्लो पटकको बचतपत्रको ब्याजदर बैंकहरुको भन्दा कम रहेकाले नागरिकको धेरै आकर्षण हुन सकेको थिएन । सोही पक्षलाई ध्यान दिएर अहिले ब्याजदर बढाइएको राष्ट्र बैंकले जनाएको छ । बचतपत्रको परिपक्वको अवधि २०८४ वैशाख १५ गतेसम्म रहेको छ ।

यो वर्ष देखि विदेशमा रहेका नेपालीले आफू रहेकै स्थानबाट पनि नागरिक बचतपत्रमा लगानी गर्न सक्ने सुविधा छ । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्रको आवेदन अनलाइन प्रणालीमार्फत् पनि गर्न सकिने व्यवस्था गरेपछि विदेशमा रहेका नेपालीले पनि उक्त सुविधा पाएका हुन् ।

नयाँ व्यवस्था अनुसार अब स्वदेश र विदेश जहाँ रहेका नेपालीले पनि अनलाइनमार्फत नागरिक बचतपत्र खरिद गर्न बाटो खुलेको हो ।

प्रकाशित समय : २०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु