global ime bank Long Banner Ad

गृहपृष्ठ आयात घटाउन निजी क्षेत्रको नयाँ प्रस्ताव

आयात घटाउन निजी क्षेत्रको नयाँ प्रस्ताव

आयात घटाउन निजी क्षेत्रको नयाँ प्रस्ताव

बढ्दो आयात कम गर्न नेपालमा उत्पादन हुने कृषि उत्पादनको आयातमा ४२ प्रतिशतसम्म भन्सार महसुल लगाउन निजी क्षेत्रले सरकार समक्ष प्रस्ताव गरेको छ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई बजेट सम्बन्धी यस्तो सुझाव प्रस्ताव गरिएको हो ।

महासंघले गरेको अध्ययन अनुसार नेपालमा एक अर्ब रुपैयाँ भन्दा बढी मूल्यको आयात भइरहेका सामानको संख्या २ सय भन्दा बढी छ । त्यसमध्ये अधिकांश वस्तु नेपालमा उत्पादन गरी आयात न्यूनिकरण वा प्रतिस्थापन गर्न सकिन्छ ।

महासंघले विश्व व्यापार संगठनमा गरिएको प्रतिवद्धता अनुसार कृषि उत्पादनमा औसत ४२ प्रतिशत र गैरकृषि वस्तु उतपादनमा २४ प्रतिशत भन्सार लगाउन सकिने प्रावधान छ । यसरी आयात प्रतिस्थापन हुने वस्तुमा दरबन्दी बढाउन महासंघले सरकार समक्ष प्रस्ताव गरेको हो ।

एक अर्ब रुपैयाँ भन्दा बढीका २ सय सामान आयात भइरहेको सन्दर्भमा ती वस्तु स्वदेशमै उत्पादन गर्न प्रोत्साहनको प्याकेज ल्याउन समेत निजी क्षेत्रले सरकारसँग माग गरेको छ । शिक्षा र स्वास्थ्यलाई पर्यटनसँग जोड्न सके आयात प्रतिस्थापन गर्न सकिने महासंघले जनाएको छ । कृषि इकोसिस्टममै सुधार गरी उत्पादन र उत्पादकत्व बढाउन समेत महासंघले सरकारसँग भनेको छ ।

नेपालमा यो वर्ष करिब २० खर्ब रुपैयाँ बराबरको आयात हुने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ । निर्यात भने मात्र ३ खर्ब रुपैयाको हुनेछ । यसले नेपालको व्यापार घाटा १७ खर्ब रुपैयाँ पुग्ने देखिन्छ । यो नेपालको बजेटको तुलनामा समेत धेरै हो ।

महासंघले नेपालमा विदेशी लगानी भित्र्याउन कोभिड पछिको विशेष प्याकेज ल्याउन समेत सरकारलाई भनेको छ । यसक्रममा दर्ता, लगानी, रकम फिर्ता लाने व्यवस्था र करमा छुटको प्रावधान ल्याएर लगानी आकर्षित गर्न सकिने सुझाव दिएको छ ।

दातृ निकायबाट सहायता रकम घटिरहेको भन्दै निजी क्षेत्र समेतको सहभागितामा आर्थिक कूटनीति र अन्य सम्बन्ध विस्तार गर्न महासंघले भनेको छ ।

प्रकाशित समय : २०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु