गृहपृष्ठ स्थापितको उम्मेदवारी रद्दको माग गर्ने ४५ संस्थासँगै आयोगले माग्यो स्पष्टीकरण
स्थापितको उम्मेदवारी रद्दको माग गर्ने ४५ संस्थासँगै आयोगले माग्यो स्पष्टीकरण

काठमाडौं महानगरका मेयर उम्मेदवार केशव स्थापितलाई कारबाहीको माग गर्ने ४५ संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण माग गरेको छ । स्थापितलाई कारबाहीको माग गर्दा व्यक्त गरिएको शब्द निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै आयोगले ती संस्थाहरुसँग जवाफ माग गरेको हो ।
‘महिलाका विषयमा बोलिएको विषयलाई लिएर कारबाहीको माग गरिएको भनिएको छ । कारबाहीको माग गर्दा प्रयोग गरिएका शब्दहरु आफैंमा आचारसंहिता विपरीत भएको भनी सूचना आएपछि तीन दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ’ आयोगका एक आयुक्तले भने ।
आयोगले लिखित जवाफ माग गरेका ४५ संस्थामा महिला पुर्नस्थापना केन्द्र (ओरेक) लगायतका संघसंस्थाहरु छन् ।
प्रकाशित समय : २०:१४ बजे