global ime bank Long Banner Ad

गृहपृष्ठ ‘यू आर नाइस लेडी तर थुतुनो ठीक छैन’ भन्ने स्थापितको भनाइमा आयोगले सोध्यो स्पष्टीकरण

‘यू आर नाइस लेडी तर थुतुनो ठीक छैन’ भन्ने स्थापितको भनाइमा आयोगले सोध्यो स्पष्टीकरण

‘यू आर नाइस लेडी तर थुतुनो ठीक छैन’ भन्ने स्थापितको भनाइमा आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेद्वार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । यही वैशाख १५ गते काठमाडौंको नेशनल कजेलको एक अन्तरक्रियामा प्रश्नकर्ताले मिटू आरोपमाथि प्रश्न उठाएपछि स्थापितले जंगिएर ‘यू आर नाइस लेडी तर थुतुनो ठीक छैन’ भनेका थिए । आयोगले यही विषयमा स्थापितलाई स्पष्टीकरण सोधेको हो ।

यौन दुर्व्यवहारसम्बन्धी प्रश्नमा प्रश्नकर्तालाई लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिका सम्बन्धमा उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

स्थापितले व्यक्त गरेका कतिपय शब्दहरुबारे आयोगमा उजुरी आएकाले त्यसअनुसार के भएको हो सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको आयोगले जानकारी दिएको छ ।

प्रकाशित समय : १९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु