गृहपृष्ठ सशस्त्रका नवनियुक्त महानिरीक्षकको घोषणा : सरुवा-बढुवा न्यायोचित बनाउँछु
सशस्त्रका नवनियुक्त महानिरीक्षकको घोषणा : सरुवा-बढुवा न्यायोचित बनाउँछु

सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक राजु अर्यालले प्रहरी कर्मचारीको सरुवा बढुवालाई न्यायोचित एवं पूर्वानुमान योग्य बनाउने घोषणा गरेका छन् । सोमबार गृह मन्त्रालयमा दर्जन्यानी चिह्न लगाएपछि पत्रकारहरुसँग बोल्दै उनले पदपूर्तिलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड निर्माण गरी लागू गर्ने पनि बताएका हुन् ।
‘हाल भएका कार्यविधिहरु र विभिन्न नयाँ कार्यविधिहरु निर्माण गरी व्यक्तिले नभइ नीतिले संगठन चलाउने पद्धतिको सुरुवात गरिनेछ’ उनले भने ।
महानिरीक्षक अर्यालले निकट भविष्यमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि समेत आवश्यक तयारीहरु गर्दै निर्वाचनको सुरक्षा जिम्मेवारी पूरा गर्न सशस्त्र प्रहरी बल नेपाल तयार रहेको बताए ।
प्रकाशित समय : १९:३० बजे