काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेल सर्वोच्चमा

17.43K
shares

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सर्वोच्च अदालत गएका छन् । उनले वारेसमार्फत दिन लागेको रिट सर्वोच्च अदालतमा पेश गरेका हुन् ।अर्का अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले भने आफू रिट लिएर जाने वा नजानेबारे कानुनी परामर्शमा रहेको बताए ।

आइतबार मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा एआईजी धिरजप्रताप सिंहलाई बढुवा गरेको थियो ।

सिंह भन्दा वरिष्ठ एआईजी पोखरेलले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा अगाडि रहेको भन्दै आफूलाई महानिरीक्षक बनाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट लिएर गएका हुन् ।