गृहपृष्ठ आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना
हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा हाल स्थानीय तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाको भनाइ छ ।
आज (बुधबार) दिउँसो गण्डकी र प्रदेश १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ । बागमती र मधेश प्रदेशमा आंशिक बदली रहने र बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रदेश १ का पहाडी भू-भागका केही स्थान र गण्डकी, बागमती तथा मधेश प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी राति प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रदेश १ का पहाडी भू-भागका केही स्थान र गण्डकी, बागमती र मधेश प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित समय : १३:१० बजे



















