skip this prabhu bank contant

गृहपृष्ठ उम्मेद्वारविरुद्ध परेको उजुरीमाथि आज र भोलि जाँचबुझ

उम्मेद्वारविरुद्ध परेको उजुरीमाथि आज र भोलि जाँचबुझ

उम्मेद्वारविरुद्ध परेको उजुरीमाथि आज र भोलि जाँचबुझ

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत आज र भोलि निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्नेछ । आयोगले हिजो उम्मेद्वारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो ।

हिजो बेलुका ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिने समय ताकिएको थियो । भोलि (१५ गते) साँझ ६ बजे मनोनयन भएको उम्मेद्वारको नामावली प्रकाशन गर्ने आयोगको तयारी छ ।

त्यस्तै, आयोगको तालिका अनुसार १६ गते साँझ ५ बजेसम्म उम्मेद्वारी फिर्ता लिन सकिनेछ । सोही दिन साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ ।

१७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ ।

प्रकाशित समय : १३:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु