global ime bank Long Banner Ad

गृहपृष्ठ थप १० जनामा कोरोना पुष्टि

थप १० जनामा कोरोना पुष्टि

थप १० जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टाभित्र नेपालमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दामा ८ जना र १ हजार १६२ जनाको एन्टीजेन परीक्षण गर्दा २ जना गरी १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार मंगलबार थपिएकासहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ९५५ पुगेको छ । पछिल्लो २४ घण्टाकाे अवधिमा काेराेनाबाट कसैको पनि मृत्‍यु भएको छैन । नेपालमा काेराेनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ रहेकाे छ । गत २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् । हालसम्म नेपालमा ९ लाख ६६ हजार ५५८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयकाे पछिल्लाे तथ्यांकअनुसार देशभर २६१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २६० जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

प्रकाशित समय : २३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु