global ime bank Long Banner Ad

गृहपृष्ठ ‘लु’बाट बच्न मन्त्रालयको आग्रह

‘लु’बाट बच्न मन्त्रालयको आग्रह

‘लु’बाट बच्न मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तातो हावा (लु)बाट जोगिन आग्रह गरेको छ । गर्मीयाम बढेसँगै तराईमा तातो हावा चल्न थालेकाले मन्त्रालयले सूचना जारी गर्दै लुबाट बच्न दिउँसो घरबाट ननिस्कन आग्रह गरेको छ ।

घरबाहिर निस्कनै परे पातलोे कपडाले टाउको छोप्न वा छाता ओढ्न, फलफूलको रस वा पानी पिउन,  धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउन, चिसो पानीले नुहाउन, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्न, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउन, चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउन भनिएको छ ।

तातो हावाबाट श्वासप्रश्वासमा असर पर्ने,  रक्तचाप कम हुने, शरीरबाट पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुनाका साथै  छाला सुक्खा, रातो र तातो हुने गर्दछ ।

प्रकाशित समय : २२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु