गृहपृष्ठ मनोनयन दर्ता गर्नेको संख्या १ लाख ४४ हजार नाघ्यो
मनोनयन दर्ता गर्नेको संख्या १ लाख ४४ हजार नाघ्यो

निर्वाचन आयोगले मनोनयन दर्ता गरेकाहरूको थप संख्या सार्वजनिक गरेको छ । आज मध्याह्न साढे १२ बजेसम्मको तथ्यांकअनुसार मनोनयन दर्ता गर्नेको संख्या १ लाख ४४ हजार ४ सय १६ जना रहेका छन् ।
७ सय ५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य पदका लागि करिब चार गुणा बढी उम्मेदवारी परेको हो । सर्वाधिक मधेस प्रदेशमा ३७ हजार ३ सय ७७ जनाले मनोनयन दर्ता गरेको आयाेगले जनाएको छ । त्यसपछि बागमती प्रदेशमा २३ हजार ९ सय २६ जना, लुम्बिनी प्रदेशमा २२ हजार ७ सय ६६ जना र प्रदेश १ मा २२ हजार ४ सय ७० जनाले मनोनयन दर्ता गराएका छन् ।
कर्णाली प्रदेशमा १३ हजार १ सय २६ जना, गण्डकी प्रदेशमा १२ हजार ५ सय ४७ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार २ सय ४ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ । आइतबार र सोमबार देशभरका स्थानीय तहमा उम्मेदवारी दर्ता भएको थियो ।
प्रकाशित समय : २०:४९ बजे