global ime bank Long Banner Ad

गृहपृष्ठ ट्रकमा मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

ट्रकमा मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

ट्रकमा मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका-५ सिन्धुली टोलमा पार्क गरी राखिएको ट्रकमा मंगलबार बिहान साढे २ बजे मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

राजमार्ग भन्दा झन्डै अढाई किलोमिटर भित्र रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा लु ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जना युवकको मृत्यु भएको धनुषाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । बिहान करिब साढे ३ बजे प्रादेशिक अस्पताल जनकपुरमा उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए । मृत्यु हुने जनकपुरधाम उपमहानगरपालिका-४ का २० वर्षीय सुमित अग्रवालको मात्र नाम खुलेको डीएसपी बस्नेतले बताए । उनका अनुसार मृतक दुई जनाको अझै सनाखत हुन सकेको छैन ।

मोटरसाइकल ठोक्किएको ट्रक र त्यसका चालक हरिनारायण राउतलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।

प्रकाशित समय : २१:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु