गृहपृष्ठ सेयर बजारमा १५ अंककाे गिरावट
सेयर बजारमा १५ अंककाे गिरावट
साताको तेस्रो दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएकाे छ । सोमबारको कारोबारमा ३५ अंकले घटेको सेयर बजार आज पुन: १५.०२ अंकले घटेको हाे ।
आज २३८६.०१ अंकबाट सुरु भएको बजार २३७०.९९ अंकमा ओर्लिएको छ । 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक १.७४ अंकले घटेर ४५२ दशमलव ९५ अंकमा ओर्लिएको छ । आज कारोबार भएका २ सय २८ कम्पनीको सेयर कारोबारमा १ अर्ब ४ करोड ६० लाख १४ हजार ४ सय १७ रूपैयाँ बराबरको ३४ लाख १९ हजार २ सय २८ कित्ता सेयर खरिद बिक्री भएका छन् ।
आज ११ समूहको सेयर मूल्य बढेको छ । सबैभन्दा बढी हाइड्रो समूहको सेयर मूल्य १.४९ प्रतिशतले घटेको छ । बजार घट्दा आज कारोबार भएका जम्मा ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ५६ कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रकाशित समय : २१:३६ बजे



















