गृहपृष्ठ राष्ट्र बैंकको अध्ययनको निष्कर्ष : वाणिज्य बैंकको संख्या १५ वटा भए पुग्ने
राष्ट्र बैंकको अध्ययनको निष्कर्ष : वाणिज्य बैंकको संख्या १५ वटा भए पुग्ने
वाणिज्य बैंकको संख्या १५ वटा भए पुग्ने एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले हालैमात्र गरेको ‘अप्टिकल नम्बर अफ बैंकस् एण्ड फाइनान्सियल इन्सिच्युटस् इन नेपाल’ अध्ययनले वाणिज्य बैंकको संख्या ११ वटादेखि १५ वटासम्म हुन उपयुक्त हुने देखाएको हो ।
यद्यपि, हाल मुलुकमा २७ वटा वाणिज्य बैंक सञ्चालनमा छन् । बैंकले गरेको अध्ययनमा विकसित मुलुकसँगै अल्पविकसित मुलुकहरुले समेत पछिल्लो समय आफ्नो बैंकहरुको संख्या घटाइरहेका बेला यता नेपालले पनि आवश्यकता र बजारलाई हेरि संख्या घटाउनु उपयुक्त हुने निष्कर्ष निकालेको छ ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापनका १४० जना र विशेषज्ञ समूहका ९० जना गरी कुल २४० जनासँग लिएको राय सर्वेक्षणमा अधिकांशले हाल नेपालमा आवश्यकता भन्दा बढी बैंक तथा वित्तीय संस्थाको संख्या भएको बताएका छन् ।
सर्वेक्षणमा भाग लिएकामध्ये अधिकतम ५७.१ प्रतिशत भन्दा बढी सहभागीले नेपालमा वाणिज्य बैंकहरुको संख्या ११ देखि १५ वटा उपयुक्त हुने धारणा राखेका छन् । यस्तै, १७।१ प्रतिशतले ५ देखि १० वटा वाणिज्य बैंक उपयुक्त हुने बताएका छन् भने १७.१ प्रतिशतले १६ देखि २० वटा हुनुपर्ने धारणा राखेका छन् ।
बाँकी ८.६ प्रतिशत सहभागीले २० देखि २५ वटा वाणिज्य बैंक हुनुपर्ने धारणा राखेका छन् । सुझावका रुपमा सर्वेक्षणमा सहभागी अधिकांशले बैंकको संख्या घटाउन राष्ट्र बैंकले मर्जरलाई प्रोत्साहनको नीति लिनुपर्ने सुझाव दिएका छन् ।
प्रकाशित समय : २१:०१ बजे



















