गृहपृष्ठ नेपाली बजारमा ‘नेपोभिट टाइल्स’ सार्वजनिक

नेपाली बजारमा ‘नेपोभिट टाइल्स’ सार्वजनिक

नेपाली बजारमा ‘नेपोभिट टाइल्स’ सार्वजनिक

नेपाल सेरामिक इन्डस्ट्रिज प्राइभेट लिमिटेडअन्तर्गत नेपोभिट टाइल्स नेपालको पहिलो र एक मात्र टाइल्स उत्पादन गर्ने ब्रान्ड हो । आकर्षक र गुणस्तरीय टाइल्स उपलब्ध गराउने योजनासहित गत शुक्रबार नेपाली बजारमा नेपोभिट टाइल्स सार्वजनिक गरिएको छ ।

विदेशी टाइल्सको आयात निकै बढेपछि आफ्नै देशमा उप्तादन गर्न सक्ने क्षमता देखेर नेपोभिट टाइल्सको स्थापना भएको हो । उद्घाटन समारोहमा अभिनेता राजेश हमालको उपस्थिति थियो । उनले आफू नेपोभिट टाइल्सको सद्भावना दूत भएको सार्वजनिक गर्दै नेपोभिट टाइल्सको गुणस्तर, बजारमा प्रभाव अनि यसको अत्याधुनिक कारखाना बारेमा चर्चा गरे ।

नेपोभिट टाइल्स विश्व प्रतिष्ठित इटालियन प्रविधिको साथ उत्कृष्ट कच्चा पदार्थ प्रयोग गरेर बनाइएको हो । यो फेवा, डाँफे, गुराँस जस्ता विभिन्न डिजाइनमा उपलब्ध छन् । यस टाइल्सका  विभिन्न उत्पादन घरेलु तथा व्यावसायिक भवनमा प्रयोग गर्न सकिन्छ ।

समारोहको उद्घाटन गर्ने क्रममा नेपोभिट टाइल्सका अध्यक्ष शम्भुनाथ शाहले भने, 'नेपालमै टाइल्स उत्पादन गरेर देशभित्रको माग पुरा गर्दै विदेशी टाइल्सको आयात घटाउनु साथै नेपाली उत्पादनलाई विदेशतिर निर्यात गर्दै वैदेशिक मुद्रा देशमा भित्राउने हाम्रो सोच हो ।'

नेपोभिट टाइल्सको निर्देशक मनोज प्रसाद रौनियारले भने नेपोभिट टाइल्स नेपाली डिजाइनमा हुनुका साथै कारखानाले नेपाली जनतालाई रोजगारीको अवसर दिलाउनेमा विश्वास व्यक्त गरे । सन् २०२२ मा स्थापना भएको नेपोभिट टाइल्सको कारखाना दक्षिणी नेपालको तराई क्षेत्रअन्तर्गत बारा जिल्लाको जितपुर उपमहानगरपालिका वडा नम्बर ८ मा छ ।

नेपालमा अत्यधिक मात्रामा टाइल्स प्रयोग भए पनि विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । तर नेपाली कम्पनीहरूको आगमनले यो प्रक्रिया घट्दै गरेको छ ।

प्रकाशित समय : १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु