काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फ्रान्सको राष्ट्रपतिमा पुनः म्याक्रों विजयी

11.84K
shares

फ्रान्सको राष्ट्रपतिमा पुनः इम्यानुअल म्याक्रों निर्वाचित भएका छन् । मुख्य प्रतिद्वन्द्वी म्यारिन ली पेनलाई हराउँदै म्याक्रोँ पुनः निर्वाचित भएका हुन् । म्याक्रोंले अनुमान गरेभन्दा बढी मत ल्याउन सफल भएका छन् ।

म्याक्रोंले ५८ दशमलब ५५ प्रतिशत मत प्राप्त गरेका छन् । जबकी पेनले ४१ दशमलब ४५ प्रतिशत मत प्राप्त गरिन् । उनी अतिदक्षिणपन्थीहरूको सबैभन्दा बढी मत प्राप्त गर्न सफल भइन् । चुनावको समयमा दक्षिणपन्थी उम्मेदवार पेनले ईयूविरोधी नीति सार्वजनिक गरेकी थिइन् । म्याक्रोँको विजयको युरोपेली नेताहरूले स्वागत गरेका छन् ।

‘हामीले फ्रान्स र युरोपलाई सँगसँगै अगाडि बढाउनेछौँ’, युरोपेली आयोगका अध्यक्ष युर्सुला भोन डेर लियेनले भनिन् । म्याक्रोंको विजयले युरोपेली नेताहरूलाई राहत पुगेको बताइएको छ ।

हारपश्चात् पनि लि पेनले सम्बोधनमा आफूले पाएको भोट सेयर नै उनको सबैभन्दा ठूलो जीत भएको बताएकी छिन् । ​म्याक्रोंको जीतमा युरोपेली देशका शीर्ष नेताले उनलाई सोसल मिडियामा बधाई सन्देश दिएका छन् ।