काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिभिल क्यापिटल मार्केटको धमाका अफर, निःशुल्क डिम्याट खाता सञ्चालनदेखि यस्ता छन् छुट

13.15K
shares

सिभिल क्यापिटल मार्केट लिमिटेडले नयाँ वर्षको अवसरमा निःशुल्क डिम्याट खाताका साथै लगानी व्यवस्थापको कार्य तथा कर्पोरेट एडभाइजरी सेवामा विभिन्न छुट दिने भएको छ । क्यापिटलले २०७९ साल वैशाख ११ गते आइतबारबाट यो अफर योजना लागू गरेको हो ।

सिभिल क्यापिटल मार्केट लिमिटेडले सम्पूर्ण ग्राहकको सेवा सुविधा र आवश्यकतालाई विशेष प्राथमिकतामा राखी अर्को सूचना नगरेसम्मका लागि २०७९ असार मसान्तसम्म नयाँ डिम्याट खाता रजिष्ट्रेशन, पहिलो वर्षको नवीकरण शुल्कमा लाग्ने १५० रुपैयाँ निःशुल्क गरिएको र मेरो सेयर खाता खोल्दा लाग्ने शुल्क ५० भने कम्पनीले लिने डीपी विभाग प्रमुख मणिराज काफ्लेले बताए ।

त्यसैगरी लगानी व्यवस्थापको कार्य (पीएमएस), कर्पोरेट एडभाइजरी सेवामा समेत भारी छुट गरिएको प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले बताए । पीएएस, कर्पोरेट एडभाइजरी सेवामा २०७९ असार मसान्तसम्म नयाँ कारोबार गर्दा हाल तोकिएको दरमा ५० प्रतिशतले छुट हुनेछ । १३ वर्षदेखि सेवारत यस संस्थाले प्राथमिक सेयर निश्कासन (आइपीओ), निक्षेप सदस्य (डीपी), लगानी व्यवस्थापको कार्य (पीएमएस), सेयर प्रत्याभुति-अण्डरराइटिङ) र संस्थागत परामर्श सेवालगायत पूँजीबजारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

सुरुदेखि हालसम्म आइपीओ ३० वटा, आरटीएस, ३५ वटा, हकप्रद सेयर ३२ वटा, सेयर लिलामी २० वटा विभिन्न क्षेत्रका कम्पनीहरुको कार्य गरिसकेको छ । निकट भविष्यमा नै सामूहिक लागानी कोष (म्युचुअल फण्ड) सुरुवात हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताए । सिभिल क्यापिटलले दिइरहेको सेवाहरु जस्तै, निक्षेप सदस्य खाता खोल्ने, सेयर अभौतिकीकरण प्रक्रिया, लगानी व्यवस्थापनको कार्यको सुझाव, आइपीओ परामर्श लगायतका सेवा सिभिल बैंकको सातै प्रदेशमा रहेका सबै शाखाबाट सहज रुपमा नै उपलब्ध हुने पनि ढुंगेलले बताए ।

संस्थाले सन्ध्याकालीन सेवाको समेत सञ्चालन गरिरहेको छ । साथै, आगामी दिनमा ग्राहकको सुविधालाई ध्यानमा राख्दै संस्थाको कार्यशैली द्रूत गतिमा आधुनिकीकरण गर्दै ग्राहकलाई नवीनतम प्रविधियुक्त सेवा, सुविधा र परामर्श प्रदान गर्नका साथै निकट भविष्यमा नै डीपी खाता अनलाइन सेवामार्फत खोल्न सकिने सुविधा दिन पनि गइरहेको प्रमुख कार्यकारी अधिकृत ढुंगेलले बताए ।