global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ इरानका राष्ट्रपतिद्वारा अफगानिस्तानमा भएको बम हमलाको निन्दा

इरानका राष्ट्रपतिद्वारा अफगानिस्तानमा भएको बम हमलाको निन्दा

इरानका राष्ट्रपतिद्वारा अफगानिस्तानमा भएको बम हमलाको निन्दा

इरानका राष्ट्रपति इब्राहिम राइसीले हालै अफगानिस्तानमा भएको बम विस्फोट र हत्याको निन्दा गरेका छन् । उनले अफगानिस्तानमा पछिल्ला समयमा पुनः हत्या हिंसाका घटना हुन थालेको भन्दै यहाँका नागरिकको सुरक्षाका लागि आफूहरुको ऐक्यबद्धता रहने बताएका छन् ।

उनले पछिल्ला दिनहरुमा अफगानिस्तानका विद्यालय, मस्जिद आदिमा बम हमला गरी नागरिकको ज्यान लिने काम बढ्दै गएको भन्दै यसतर्फ सतर्क रही नागरिकको सुरक्षा गर्न अफगान सरकारसमक्ष आग्रह पनि गरेका छन् । अफगानिस्तानको कुन्दुज प्रान्तमा रहेको एउटा मस्जिदमा भएको विस्फोटनमा परी कम्तीमा २५ जनाको मृत्यु भएको थियो । शुक्रबार भएको सो घटनामा अरी अरु झण्डै ४० जना घाइते भएका बताइएको छ । सो मस्जिदमा हरेक शुक्रबार हुने प्रार्थना सकिएको केही समयमै मस्जिदमा विस्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

शुक्रबार अपराह्न भएको सो विस्फोट निकै भयानक रहेको पनि अधिकारीहरुले जनाएका छन् । घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ । प्रहरीले घटनामा परी घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या  बढ्न पनि सक्ने छ ।

सो विस्फोट भएलगत्तै घटनास्थलमा पुगेर तालिवान सरकारका सुरक्षाकर्मीले सुरक्षा दिएका र अनुसन्धान थालेका बताइएको छ । तर त्यहाँ भएको उक्त विस्फोटको जिम्मेवारी भने कसैले लिएको छैन । पछिल्ला केही दिनमा यहाँ विस्फोटका घटना हुन थालेका छन् । अघिल्लो हप्ता मात्र पनि यहाँ भएको यस्तै विस्फोटहरुमा परेर ३४ जनाको मृत्यु भएको थियो भने अरु दर्जनौँ व्यत्तिः घाइते भएका थिए ।

प्रकाशित समय : १९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु