global ime bank Long Banner Ad

गृहपृष्ठ आइएमई जनरल इन्स्योरेन्सको लाभांश पारित, चुक्ता पूँजी एक अर्ब ७० करोड पुग्ने

आइएमई जनरल इन्स्योरेन्सको लाभांश पारित, चुक्ता पूँजी एक अर्ब ७० करोड पुग्ने

आइएमई जनरल इन्स्योरेन्सको लाभांश पारित, चुक्ता पूँजी एक अर्ब ७० करोड पुग्ने

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २४औँ वार्षिक साधारणसभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतको दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बोनस सेयर जारी भएपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार ४२० पुग्ने भएको छ । बीमा समितिको निर्देशन अनुसार कम्पनीले २ अर्ब ५० करोड चुक्ता पुँजी पुर्याउनुपर्नेछ । आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले एक अर्ब ३९ करोड ९४ लाख बीमा शुल्क आर्जन गरेकोमा आव ०७७/०८७ मा एक अर्ब ५२ करोड २१ लाख बीमा शुल्क आर्जन गरी गत बर्षको दाँजोमा ९ प्रतिशतले बीमा शुल्क वृद्धि हुँदा चालु आर्थिक वर्षको चैत्रसम्म एक अर्ब २८ करोड ६१ लाख बीमा शुल्क आर्जन गरिसकेको कम्पनीले जनाएको छ ।

कम्पनीले काठमाडौं महानगरपालिका-३ पानीपोखरीमा मूल सडकमा जोडिएको २ रोपनी ६ आना जग्गा खरिद गरेको छ । साधारण सभामा अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बिमा बजारमा नयाँ नयां सेवाहरु सहित छुटै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको बताए ।

कम्पनीले चैत्र मसान्तसम्ममा कूल १ अर्ब २८ करोड ६१ लाख बिमा शुल्क आर्जन गरेको जनाएको छ ।

प्रकाशित समय : २१:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु