global ime bank Long Banner Ad

गृहपृष्ठ रुसी आक्रमणका कारण युक्रेनमा ६० अर्बको भौतिक क्षति : विश्व बैंक

रुसी आक्रमणका कारण युक्रेनमा ६० अर्बको भौतिक क्षति : विश्व बैंक

रुसी आक्रमणका कारण युक्रेनमा ६० अर्बको भौतिक क्षति : विश्व बैंक

युक्रेनले रुसी हमलाबाट ठुलो मात्रामा भौतिक र मानवीय क्षति व्यहोरेको छ । युक्रेनमा रुसी आक्रमणका कारण ६० अर्ब डलर बराबरको भौतिक क्षति भएको विश्व बैंकले जनाएको छ । विश्व बैंकका अध्यक्ष डेभिड मलपासले एक सम्मेलनका क्रममा युक्रेनमा  ६० अर्ब डलर क्षति भएको बताए ।

यद्यपि यो अनुमान अत्यन्त ‘साँघुरो’ रहेको र यसमा युद्धका कारण जारी बढ्दो आर्थिक क्षतिको विवरण नरहेको उनले बताए । ‘अवश्य पनि युद्ध अझै चलिरहेको छ र मूल्य पनि बढिरहेको छ,’ उनलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

उक्त सम्मेलनका क्रममा भिडियो लिंकमार्फत् बोल्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणका कारण उत्पन्न आर्थिक क्षतिको भर्पाई गर्न मासिक ७ अर्ब डलर लाग्ने बताए । उनले भने, ‘यी सबलाई पुन निर्माण गर्न त्यसपछि हामीलाई खर्बौ डलर लाग्नेछ ।’

जेलेन्स्की भने ‘विश्व समुदायले रुसलाई विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका अन्तर्राष्ट्रिय वित्तीय निकायहरूबाट अलग गर्नुपर्नेछ । सबै मुलुकहरूले रुससँगको सम्बन्ध तोड्न तत्काल तयार रहनुपर्छ ।’

प्रकाशित समय : २१:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु