गृहपृष्ठ उम्मेदवार बन्नका लागि मेयर रेनु दाहाल र विजय सरावगीले दिए राजिनामा
उम्मेदवार बन्नका लागि मेयर रेनु दाहाल र विजय सरावगीले दिए राजिनामा
वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न वीरगन्ज र भरतपुरका मेयरले राजिनामा दिएका छन् । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आज आगामी निर्वाचनमा उम्मेदवार बन्नका लागि राजीनामा दिएकी हुन् । अबको एक कार्यकाल फेरि मेयरका रूपमा भरतपुरमा सेवा गर्न खोजेको छु । अहिलेसम्म गरेका कामलाई पूर्णता दिनका लागि पनि फेरि दोहोरिन पर्ने भयो, दाहालले भनिन् ।
शुक्रबार महानगरका जनप्रतिनिधिहरूको ५ वर्षे कार्यकालको समीक्षा पुस्तक विमोचन गर्दै उनले राजीनामा घोषणा गरेकी हुन्। उनले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् । ५ दलीय गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार उठाउने सहमति गरेको थियो । त्यस्तै वीरगञ्जका मेयर विजय सरावगीले बिहीबार नै राजिनामा दिएका थिए । उनले दिएको राजिनामा आज स्वीकृत भएको छ । उनी यसपालि नेकपा एमालेबाट वीरगञ्जका मेयर उठ्ने भएका छन् ।
प्रकाशित समय : २१:०० बजे



















