गृहपृष्ठ देशका ७५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
देशका ७५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगले आज देशका ७५३ वटै स्थानीय तहमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार ७५३ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचन आयोगको कार्यालयमा बिहीबार सञ्चारकर्मीसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले वैशाख ३० गते जसरी पनि चुनाव हुने बताएका छन् । उनले स्थानीय तहको निर्वाचनको विषयमा कुनै चिन्ता नलिन सबैलाई आग्रह गरेका छन् ।
उनले स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताउँदै निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन सामग्री पनि पुग्ने क्रममा रहेकाे जानकारी दिए ।
प्रकाशित समय : १९:३७ बजे



















