global ime bank Long Banner Ad

गृहपृष्ठ मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु

धनगढीमा जारी ‘मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी’ प्रतियोगिताको विभागीय टोली नेपाल आर्मी क्लब र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । अखिल नेपाल कबड्डी संघको आयोजनामा सुरु भएको सो प्रतियोगितामा ती दुई विभागीय टोलीले पहिलो दिनका दुवै खेलमा जीत हात पार्दै अन्तिम चारणमा स्थान बनाएका हुन् । पहिलो खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ९१-३२ ले हरायो भने पाँचौँ खेलमा कर्णाली प्रदेशलाई ६९-९ ले किनारा लगायो ।

त्यस्तै सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ६६-२७ ले हराउँदा छैटौँ खेलमा गण्डकी प्रदेशलाई ५६-१८ ले हरायो । सोमबार नै भएका खेलमा नेपाल एपीएफ क्लब र मधेस प्रदेश पनि विजयी भएका छन् । नेपाल एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई ५३-२२ ले हरायो भने मधेस प्रदेशले बागमती प्रदेशलाई ३६-२९ ले किनारा लगायो ।

प्रतियोगितामा आजै लिग चरणका खेल हुनेछन् । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भइरहेको छ । प्रतियोगिताको विजेताले नगद रु एक लाख ५० हजार उपविजेताले नगद ८० हजार रुपैयाँ र सेमिफाइनल पुगेका दुई टोली नगद ४० रुपैयाँ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले सुरु गरे । सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रर्वद्धक रहेको प्रतियोगिता देशकै सर्वाधिक धनराशिको प्रतियोगिता रहेको आयोजकको दाबी छ ।

प्रकाशित समय : २१:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु