गृहपृष्ठ चार सय रुपैयाँले घट्यो सुनको मूल्य
चार सय रुपैयाँले घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको जनाएको छ । महासंघले आजको बजार भाउ तोक्दै सुनको मूल्य हिजोको तुलनामा ४०० रुपैयाँले घटेको जनाएको हो ।
जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ ला २ हजार ५०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य स्थिर रहेकाे छ । हिजो तोलामा १४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित समय : १७:०२ बजे



















