global ime bank Long Banner Ad

गृहपृष्ठ शाओमीको नोटबुक सिरिज र रेड्मी बुक सिरिज नेपाली बजारमा

शाओमीको नोटबुक सिरिज र रेड्मी बुक सिरिज नेपाली बजारमा

शाओमीको नोटबुक सिरिज र रेड्मी बुक सिरिज नेपाली बजारमा

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले मी नोटबुक २०२१ सिरिज र रेड्मीबुक सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरूको उत्पादक बढाउन समर्पित, अतुलनीय स्पीड, पर्फमेन्स र मिडिया अनुभवहरू प्रदान गर्ने मी नोटबुक अल्ट्रा र मी नोटबुक प्रो सरल डिजाइन र अत्याधुनिक प्रविधिको प्रयोग गरी डिजाइन गरिएको हो ।

आधुनिक डिजाइन, बलियो र गुणस्तरीय निर्माण भएको  रेड्मीबुक सिरिजमा १५.६ FHD​ डिस्प्ले, ११औं GenIntel® Core™​ प्रोसेसर, ८ GB DDR$ #@))MHz RAM ​ रहेको कम्पनीले जनाएको छ । यसले मल्टिटास्करहरूलाई अप्टिमाइज्ड स्पेसिफिकेशनहरू साथ लगातार ११ घण्टासम्मको ब्याट्री ब्याक अप प्रधान गर्ने जनाइएको छ  ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने, 'हामीले हाम्रो फोन-प्लस स्ट्राटेजीमा ध्यान केन्द्रित गरेका छौं र अन्य इलेक्ट्रोनिक्स उत्पादनहरूमा गहिरो अध्ययन गरेका छौं । हाम्रा फ्यानहरूले व्यापक रूपमा मन पराईदिनु भएको पावर बैंक, इयरबड, स्मार्ट ब्यान्ड, स्मार्टवाच र स्मार्ट टीभीजस्ता प्रत्येक उत्पादनहरूसँग हामीले नवीनतम प्रविधिलाई ग्राहकमाझ पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौं ।'

नेपाली बजारमा रेड्मीबुकको लन्चसँगै ल्यापटपको पर्फमेन्स र पोर्टेबिलिटीमा केन्द्रित गरेको कम्पनीले जनाएको छ । ल्यापटपहरू आधुनिक काम गर्ने/सिक्ने शैलीमा कार्यरत प्रयोगकर्ताहरूका लागि उत्तम विकल्प रहेको जनाइएको छ ।

प्रकाशित समय : ००:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु