गृहपृष्ठ स्याङजामा ११ जना सवार जिप दुर्घटना, ४ जना अचेत अवस्थामा

स्याङजामा ११ जना सवार जिप दुर्घटना, ४ जना अचेत अवस्थामा

स्याङजामा ११ जना सवार जिप दुर्घटना, ४ जना अचेत अवस्थामा

स्याङजाको वालिङमा जिप दुर्घटना भएको छ । वालिङ नगरपालिका वडा नम्बर-१२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटनास्थलबाट चारजनालाई अचेत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ ।

अन्य केही घाइतेलाई उद्धार गरी वालिङ अस्पतालमा पठाइएको छ । दुर्घटना भएको जिपको नम्बर पनि खुलेको छैन ।

थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । जिपमा ११ जना सवार रहेको खुलेको छ ।

प्रकाशित समय : १७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु