global ime bank Long Banner Ad

गृहपृष्ठ घट्दै काेराेना : ३,३४२ परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि

घट्दै काेराेना : ३,३४२ परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि

घट्दै काेराेना : ३,३४२ परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि

गत २४ घण्टाभित्र देशभर तीन हजार ३४२ जनामा गरिएको परीक्षणबाट ४ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार २ हजार २६२ जनाको पीसीआर गर्दा ३ र १ हजार ८० जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा काेराेना पुष्टि भएको हाे ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट हालसम्म देशभर मृत्यु हुनेको संख्या ११ हजार ९५१ रहेकाे छ । त्यस्तै थप ४४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार २०४ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा हाल ४७९ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : २३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु