गृहपृष्ठ लक्ष्मी ल्युबद्वारा टोटल इनर्जीको रिटेलर तथा मेकानिक भेला आयोजना
लक्ष्मी ल्युबद्वारा टोटल इनर्जीको रिटेलर तथा मेकानिक भेला आयोजना
लक्ष्मी ल्युब आयल प्रालिले ३ वर्षदेखि टोटल इनर्जिज (लुब्रिकेन्ट)को आधिकारिक विक्रेताको रुपमा आफ्नो व्यवसायको सञ्चालन गरिरहेको छ । जसमा मोटरसाइकल, पेसेन्जर कार, बस/ट्रक/टिपर, ट्राक्टर, ग्रीज र इन्डष्ट्रियल गरी ६ वटा सेग्मेन्टअन्तर्गत ७३ वटा प्याक साइज उपलब्ध छन् ।
लक्ष्मी ल्युब आयल प्रालिले गते मंगलबार काठमाडौंमा ‘रिटेलर्स एण्ड मेकानिक्स मिट’को आयोजना गरेको थियो । कार्यक्रममा २०० भन्दा बढी रिटेलर्स र मेकानिक्ससँग अन्तर्क्रिया भएको थियो । कार्यक्रममा टोटल इनर्जीद्वारा उत्पादित विभिन्न सेग्मेन्ट र साइजमा उत्पादित टोटल लुब्रिकेन्टहरुको बारेमा जानकारी पनि दिइएको थियो । सोही अवसरमा सन् २०२२ का लागि रिटेलर्स स्किम पनि सार्वजनिक गरिएको थियो । महाराजगंजदेखि कलंकी क्षेत्रका लागि टोटल इनर्जीका विक्रेता सुनकोशी इन्टरप्राइजेज प्रालि र लक्ष्मी ल्युब आयल प्रालिको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
सुनकोशी इन्टरप्राइजेज प्रालिका म्यानेजिङ डाइरेक्टर राम शरण कार्कीको अध्यक्ष्यतामा आयोजना गरिएको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा लक्ष्मी कमर्सियल भेहिकल्स प्रालि तथा अटोकम्पोनेन्टका अपरेसन डाइरेक्टर कपिल शिवाकोटी थिए । त्यसैगरी प्रमुख अतिथिको रुपमा नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपाने र लक्ष्मी ल्युब आयल प्रालिका विजनेस हेड रविन्द्र उपाध्याय कार्यक्रममा अतिथि थिए ।
लक्ष्मी ग्रुपको स्थापना सन् १९७३ मा भएको हो । लक्ष्मी ग्रुप अटोमोटिभ्स डिभिजन हुन्डाई, बीएमडब्ल्यू, एसएमएल इसुजु, हिड्रोमेक, हिरो इलेक्ट्रिक, टाटा ग्रीन ब्याट्रिज, ट्रायंगल टायर र टोटल इनर्जिजजस्ता ब्राण्डको नेपालका लागि आधिकारीक विक्रेताको रुपमा रहेको छ ।
प्रकाशित समय : २३:११ बजे



















