global ime bank Long Banner Ad

गृहपृष्ठ ‘खल्ती’बाट वर्ल्डलिंकको बिल तिर्दा १० प्रतिशत भ्याट फिर्ता

‘खल्ती’बाट वर्ल्डलिंकको बिल तिर्दा १० प्रतिशत भ्याट फिर्ता

‘खल्ती’बाट वर्ल्डलिंकको बिल तिर्दा १० प्रतिशत भ्याट फिर्ता

वर्ल्डलिंक प्रयोगकर्ताहरूले खल्ती मार्फत आफ्नो बिल भुक्तानीमा भ्याट रकमको १० प्रतिशत फिर्ता पाउन सक्नेछन् । खल्तीले आन्तरिक राजस्व विभाग (आईआरडी) र वर्ल्डलिंकसँग समन्वय गरी यो कार्यादेशलाई अगाडि बढाएको हाे ।

वर्ल्डलिंक र खल्ती दुवै मिलेर नेपालको डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न र डिजिटल नेपालको साझा लक्ष्य पूरा गर्न काम गरिरहेका छन् । १० प्रतिशत भ्याट फिर्ताको साथै खल्तीले पहिले नै १.५ प्रतिशत क्यासब्याक + १ सय रूपैयाँ क्यासब्याक अर्थतन्त्रलाई प्रोत्साहन गर्न वर्ल्डलिंक बिल भुक्तानीमा प्रोमो कोड GOCASHLESS प्रयोग गरी छुट प्रदान गरेको छ । अब थप १० प्रतिशत भ्याट फिर्ताले डिजिटल नेपालतर्फ ६ लाख ५० हजार वर्ल्डलिंक घरपरिवारलाई सजिलै प्रत्यक्ष फाइदा पुर्‍याउने कम्पनीको विश्वास छ ।

उपभोक्ताहरूले भ्याट रकमको चार्ज गरिएको १३ प्रतिशत भ्याटको १० प्रतिशत भ्याट फिर्ता पाउनेछन् । यसका लागि खल्ती प्रयोगकर्ता उपभोक्ता वर्गको हुनु पर्ने छ साथै वर्ल्डलिंक जडान पनि उपभोक्ता वर्गको हुनु पर्ने छ । अर्थात् यो सुविधा व्यवसायिक कार्य प्रयोजनको लागि दिइने छैन ।

प्रकाशित समय : १८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु