गृहपृष्ठ अमेरिकामा रात्रि क्लबमा गोली चल्दा २ जनाको मृत्यु, १० घाइते
अमेरिकामा रात्रि क्लबमा गोली चल्दा २ जनाको मृत्यु, १० घाइते
अमेरिकी राज्य आयोवाको एक रात्रि क्लबमा गोली चल्दा दुई जनाको मृत्यु हुनाको साथै अन्य १० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । गोलीबारी स्थानीय समयानुसार आइतबार बिहान १ : २७ बजे डाउनटाउन सीडर र्यापिड्सको ट्याबू नाइटक्लबमा भएको थियो ।
गोली लागेर दुई जनाको मृत्यु भएको छ । अन्य घाइते १० जनालाई नजिकैको अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीले सम्भावित संदिग्धको बारेमा खोजी जारी राखेको छ ।
प्रकाशित समय : १९:०७ बजे



















