गृहपृष्ठ नयाँ वर्षमा बैंक अफ काठमाण्डूका कार्डवाहकहरुलाई दराज र सस्तो डिलमा छुट
नयाँ वर्षमा बैंक अफ काठमाण्डूका कार्डवाहकहरुलाई दराज र सस्तो डिलमा छुट
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डेबिट तथा क्रेडिट कार्डवाहकहरुलाई दराज र सस्तो डिलमा नयाँ वर्षमा विशेष छुटसहितको योजना ल्याएको छ । नेपालीहरुको नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकले कार्डवाहकले दराजबाट आफूलाई आवश्यक सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्री-पेमेन्ट गर्दा १५ प्रतिशतसम्मको छुटको सुविधा उपयोग गर्नसक्ने बैंकले जनाएको छ ।
बैंकको कार्डबाहकहरुले यस योजनाबाट आफूलाई आवश्यक सामान दराजबाट खरिद गरी अनलाइन माध्यममार्फत प्री-पेमेन्ट गर्दा बैंकको क्रेडिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत वा अधिकतम १ हजार ५ सय रुपैयाँ र डेबिट कार्ड प्रयोग गरेमा १० प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्म छुट पाउनेछन् ।
साथै, कार्डवाहकहरुले सस्तो डिलमा आफूलाई आवश्यक सामान खरिद गरी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गरेमा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँ सम्मको छुट पाउने बैंकले जनाएको छ । नयाँ वर्षको योजनामा बैंकको कार्डबाहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशतसम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामान खरिद गर्न सक्नेछन् ।
प्रकाशित समय : १९:२० बजे


















