global ime bank Long Banner Ad

गृहपृष्ठ स्थानीय निर्वाचन रोक्न माग गरिएको रिट स्थगित

स्थानीय निर्वाचन रोक्न माग गरिएको रिट स्थगित

स्थानीय निर्वाचन रोक्न माग गरिएको रिट स्थगित

वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर भएको रिट सोमबार सुनुवाइ नहुने भएको छ । उक्त रिटलाई सर्वोच्च अदालतले स्थगितको सूचीमा प्रकाशन गरेको छ । पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले दर्ता गराएको रिटले पेसीको पालो नै नपाएको हो ।

योसँगै स्थानीय तहको निर्वाचन रोक्न सर्वोच्चवाट आदेश हुन सक्ने आशंका पूरा नहुने भएको छ । निर्वाचन आयोगले आचारसंहिता लागू गरेर तयारी तीव्र पारेको अवस्थामा सर्वोच्चको यही मुद्दालाई देखाएर निर्वाचन सर्ने हल्ला केही दिनदेखि चलिरहेको थियो ।

जनप्रतिनिधिको समय अवधि ५ वर्षको रहेको तर सरकारले ५ वर्ष पूरा नहुँदै स्थानीय तहको निर्वाचन गर्न लागेको अध्यक्ष चौरसियाले रिटमा जिकिर गरेका छन् । मुद्दाको अर्को पेसी कहिले हुने भन्ने अहिले नै टुंगाे लागेको छैन ।

प्रकाशित समय : १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु