गृहपृष्ठ एनआईसी एशियाका सीईओ न्यौपाने ‘मेनेजर अफ द इयर’ अवार्डबाट सम्मानित
एनआईसी एशियाका सीईओ न्यौपाने ‘मेनेजर अफ द इयर’ अवार्डबाट सम्मानित
एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपाने ‘मेनेजर अफ द इयर-२०२२’ अवार्डबाट सम्मानित भएका छन् । व्यवस्थापनकर्मीहरूको सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघले न्यौपानेले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सो अवार्डबाट सम्मानित गरेको हो ।
शनिबार राजधानीको याक एन्ड यति होटलमा आयोजित समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै न्यौपानेले उक्त पुरस्कार सम्पूण फेलो एनआईसी एसिएन्सलाई समर्पण गर्दै आफूलाई योग्य ठानेकामा व्यवस्थापन संघ, पुरस्कार छनौट समिति तथा व्यवस्थापन संघका पदााधिकारीप्रति कृतज्ञता व्यक्त गरे ।
उनको पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब ७३ अर्ब रुपैयाँबाट करिब ४ गुणाले वृद्धि भई २७४ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै गरी निक्षेप संकलनतर्फ पनि ८६ अर्ब रुपैयाँबाट करिब ४ गुणाले वृद्धि भई ३०० अर्ब रुपैयाँ पुगेको छ । साथै बैंकको प्रतिशेयर आम्दानीतर्फ करिब २ गुणाले वृद्धि भई ४१.४३ रुपैयाँ पुगेको छ ।
उनी यसअघि ‘प्रबल जनसेवा श्री (चतुर्थ)’, कर्पोरेट सीईओ अफ द इयर २०७८, बैंकिङ सीईओ अफ द इयर-२०२१ बाट पनि सम्मानित भएका थिए । एनआइसी एशिया बैंकका मुलुकभर ३५८ शाखा कार्यालय रहेका छन् । यस्तै ४७३ एटीएम, १०१ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय : १६:०७ बजे



















