गृहपृष्ठ पशुपति क्षेत्रमा बतास समूहले सञ्चालन गरेको धर्मशालामा सरकारले लगायो ताला
पशुपति क्षेत्रमा बतास समूहले सञ्चालन गरेको धर्मशालामा सरकारले लगायो ताला
पशुपति क्षेत्रमा बतास समूहले सञ्चालन गरेको धर्मशालामा सरकारले ताला लगाएको छ । शुक्रबार दिउँसो पशुपति विकास कोषका कर्मचारी पुगेर होटल आनन्दमा तालाबन्दी गरेका हुन् ।
कोषका पदाधिकारी तालाबन्दी गर्न आएको भन्दै बतास समूहले धर्मशालाको गेट नखोलेपछि उनीहरू फर्किएका थिए । त्यसअघि पनि बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित कोषका पदाधिकारी धर्मशालामा तालाबन्दी गर्न पुगेका थिए । तर, तालाबन्दी गर्न भने सकेनन् ।
शुक्रबार दिउँसो होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा लगाएको हो । पशुपतिस्थित होटल आनन्दसँगको सम्झौता रद्द गर्ने सरकारको निर्णयले २५ करोड रुपैयाँ क्षति पुगेको बतास समूहले बताउँदै आइरहेको छ । सो क्षति पूर्तिको माग गर्दै बतास समूह अदालत पुगेको छ ।
प्रकाशित समय : २०:१५ बजे
















